कैलालीबाट खैरो हिरोइन सहित तिन जना पक्राउ

  • फागुन ११, २०७६
  • कालापानी मिडिया
alt

धनगढी । कैलालीमा खैरो हिरोईन सहित ३ जना पक्राउ परेका छन्। शनिबार धनगढी उपमहानगरपालिका ४ स्थित अछाम होटलबाट वडा नम्बर २ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा र ३६ वर्षीय सुवाश हमाललाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट एक सय ५० मिलीग्राम लागु औषध खैरो हिरोइन बरामद गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ। यस्तै प्रहरीले खैरो हिरोइनसहित थप दुई जनालाई पनि पक्राउ गरेको छ। धनगढी उपमहानरपालिका–४ बसपार्कमा रहेको अछाम होटलबाट ३ ग्राम ४ सय १० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका–४ घरभई हाल धनगढी उपमकानगरपालिका– ४ बस्ने अछाम होटलका सञ्चालक समेत रहेका बिजय साउद र धनगढी उपमहानगरपालिका– २ का ३३ वार्षीय सुनिल कुँवर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिँह कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved