१ सय ५५ क्युफिट अवैध काठ सहित एकजना पक्राउ

  • फाल्गुन १८, २०७६
  • कालापानी मिडिया
alt

कैलाली । कैलालीमा एक सय ५५ क्युफिट अवैध सालको काठ सहित एकजना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ तत्ता भन्ने स्थानबाट गएराती डिभिजन वन कार्यालय पहलमानपुर र ईलाका प्रहरी कार्यालय सुख्खडको संयुक्त टोलीले एक सय ५५ दशमलव ५१ क्युफिट काठ सहित एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय शिवनारायण कठरिया रहेको डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत कृष्ण भट्टले जानकारी दिए। उनले स्थानीय विजय कठरियाको घरको पछाडी अवैध काठ चिरान भईरहेको भन्ने सूचनाका आधारमा राती गस्ती टोली त्यहाँ पुगेर पक्रउ गरेको जानाकरी दिएका हुन् ।

तर घर मालिक विजय भने भाग्न सफल भएका छन्। चिरान गरिसकेको ७४ दशमलव ३१ क्युफिट र चिरान गर्न बाँकी ८१ दशमलव ८२ क्युफिट बराबरका ७ गोलिया सालको काठ बरामद गरिएको उछ। घटनाबारे थप अनुसन्धान भएरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved