खरिपाटी क्वारेण्टाइनमा बसेकाहरु सोमबार घर फर्किन पाउने

  • फागुन १८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार सबै एक १७५ जना घर जान पाउने स्वास्थ्य मन्त्रालयले बताएको छ। शनिबार नमूना संकलन गरिएको रिपोर्ट सोमबार आउँदै छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १७५ जनामध्ये एकजनाको मात्रै रिपोर्ट पोजेटिभ आएमा कोही पनि घर फर्किन पाउने छैनन्। उनले भने, ‘संक्रमितलाई सीधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन क्वारेन्टाइनमै राखिन्छ।’

देवकोटाको अनुसार अहिलेसम्म १७५ जनालाई नै रुघाखोकी र ज्वरो नआएकाले अत्तालिनु पर्ने अवस्था छैन । तर, पछिल्ला अनुसन्धानले क्वारेन्टाइनमा बसेका व्यक्तिमा २४ दिनपछि पनि कोभिड-१९ को संक्रमण देखिएको छ। सोही कारण दोस्रो रिपोर्ट नेगेटिभ आए अझै जोखिम रहेकाले सुरक्षित रहनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन्।

गत फागुन ४ गते चीनको वुहानबाट ल्याइएका उनीहरुको पहिलो नमूना परीक्षण सोही दिन गरिएको थियो। उक्त नमूना परीक्षणको सबैको रिपोर्ट पोजेटिभ आएको थियो। हिजो शनिबार गरिएको नमूना संकलनबाट सबैको रिपोर्ट पोजेटिभ आए यो नै अन्तिम परीक्षण हुनेछ।

उद्धार गरिएका एक सय ७५ बाहेक उद्धारमा जाने टोली सदस्य तथा क्वारेन्टाइनमा रहेका अन्य १८ जनाको पनि नमूना संकलन गरिएको छ । सबै १९३ जनाको ¥याल र नाकबाट नमूना संकलन गरिएको हो। नमूना संकलनका लागि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी खरिपाटी पुगेका थिए।

प्रवक्ता देवकोटाले भने, ‘सोमबारसम्म क्वारेण्टाइन बसेकाहरु घर जान पाउने सम्भावना बढेको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved