पथरी प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगर पक्रियो

  • फाल्गुन १८, २०७६
  • कालापानी मिडिया
alt

कुमार खड्का
मोरङ । मोरङको इलाका प्रहरी कार्यालय पथरीले गए राति ठूलो परिमाणमा लागुपदार्थ ब्राउन सुगर बरामद गरेको छ ।

 इलाका प्रहरी प्रमुख नायव उपरिक्षक दिलिप कुमार गिरीको टोलीले पथरी शनिश्चरे वडा नम्वर ४ नयाँ सोमवारे बाट ७ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर, त्यसलाई तौलन प्रयोग गरिने डिजिटल मेसिन सहित २ व्याक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडा बस्ने वर्ष २६ का सनम मगर र वर्ष १८ का रेश्मे मगर रहेको प्रहरी उपरिक्षक गिरीले जानकारी दिए ।

गोप्य सुचनाका आधारमा प्रहरी आफै खरिदकर्ता भएर गएपछि शनिवार रातको १२ बजे सनम मगरको घर बाट उनिहरुलाई पक्राउ गरिएको गिरीले बताए ।मगरको घरमा बेचविखन गर्नका लागि ब्राउन सुगरलाई सानो-सानो पोका बनाई रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुबैलाई लागुऔषध ओसार पसार तथा कारोवारी अन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कानुनी कार्वाहीका लागि म्याद थप गरी आइतवार जिल्ला अदालत मोरङ पठाएकोे छ । लागुऔषध ओसार पसार तथा कारोवारीमा दुवैलाई कम्तीमा ५ देखी १० वर्ष सम्म कैद सजाए हुने गिरीको भनाई रहेको छ ।

यस्तै पछिल्लो समय गिरीले कार्यभार सम्हालेसंगै फरार अभियुक्तहरुलाई नियन्त्रणमा लिन थालेका छन । पुष १६ पछि मात्रै ३३ जना अभियुक्तलाई पथरी प्रहरीले नियन्त्रणमा लिईसकेको छ । अदालतको फैसला भए पनि सजाय नभएका उनीहरुलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरी इलाका प्रहरी प्रमुख भएर पथरी आए संगै ‘एक्सन’मा उत्रिएर काम गरिरहेका छन् ।
पथरीमा पछिल्लो समय लागुपदार्थ कारोवारमा संम्लग्न, हातहतियार वेचविखनमा संम्लग्न, साइबर क्राइम, लगायतका घटनामा अदालतले दोषी ठहरिएकालाई पथरी प्रहरीले धमाधम पक्राउ गरिरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved