७७ सालमा विवाहका लगन १८ मात्रै

  • फाल्गुन २०, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा ज्योतिषीले दिएको साइतमा विवाह गर्ने प्रचलन छ । नेपाल पञ्चांग निर्णय समितिले निर्णय गरेपछि पञ्चांगकारहरुले आफ्नो पञ्चांगमा विवाहको साइत राख्ने गर्दछन् ।

२०७७ सालको नयाँ पात्रो बजारमा आइसकेको छ । बैशाख, जेठ, असार, मंसीर, माघ र फागुन महिनामा मात्रै विवाहको साइत दिइने गरिन्छ ।

तर २०७७ सालमा माघ र फागुन महिनामा विवाहको साइत छैन । वर्षभरिमा विवाह मुहुर्त जम्मा १८ दिन मात्रै छ भने ब्रतबन्ध मुहुर्त ४ दिन मात्रै छ ।

बैशाखमा विवाह मुहुर्त ७ दिन छ, जेठमा ४ दिन छ, असारमा ३ दिन र मंसिरमा ४ दिन छ । ब्रतबन्ध मुहुर्त बैशाखमा २ दिन, जेठ र असारमा १र१ दिन मात्रै छ । माघ र फागुनमा वृहस्पति अस्त र शुक्र अस्त हुनाले विवाह, ब्रतबन्ध जस्ता शुभकार्यको लागि कुनै पनि साइत निर्धारण गरिएको छैन । २०७७ सालमा बैशाख, जेठ, असार र मंसीरमा मात्रै विवाहका साइतहरु छन् ।

ब्रतबन्धको मुहुर्त बैशाख, जेठ र असारमा मात्रै छ । शुभकार्यका लागि शुभ ग्रहहरुमध्ये वृहस्पति र शुक्र अस्त भएको समय राम्रो मानिँदैन । यस्तो समयमा शुभकार्य बर्जित गरिएको छ ।

२०७७ सालमा माघ ४ देखि फागुन २ गतेसम्म वृहस्पति अस्त र माघ ३० गतेदेखि चैतको अन्त्यसम्म नै शुक्र अस्त हुनाले माघ र फागुनमा विवाहको कुनै पनि साइत निर्धारण गरिएको छैन । त्यस्तै चैतमा पनि ब्रतबन्धको कुनै साइत निर्धारण गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved