बैतडीमा बस दुर्घटना हुदा ५ घाईते

  • फाल्गुन २१, २०७६
  • कालापानी मिडिया
alt

जनक साउँद
कैलाली । महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीमा बुधवार बिहान बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बैतडी सुर्नयाका २२ बर्षीया बिनिता कुँवर (टेर), दार्चुला ब्याँसका ३३ बर्षीया बिन्दु कुँवर, ५५ बर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० बर्षीय ललित बोहरा र २४ बर्षीय महेश बडाल रहेका छन् । घाइतेहरुले बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

घाइतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरिक्षक शंकर दत्त भट्टको टोलीले उद्धार गरेको हो । बसमा सवार ४० जना रहेको भएपनि अन्यको अवस्थामा सामान्य रहेको छ ।
महेन्द्रनगरदेखि गन्ना जादैं गरेको पवनदुत यातायातको ना.५ख.५१४१ नम्बरको बस न्वालीमा बुधवार बिहान ५ बजेतिर एक्कासी नालीमा पल्टिन गई दुर्घटनामा परेको हो ।

बस चालक दिपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् । ओरालो बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको चालकले प्रहरीसमक्ष बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved