कपिलवस्तुमा नारी दिवसकै दिन नारीमाथी एसिड प्रहार

  • फागुन २५, २०७६
  • कालापानी मिडिया
alt


गुलामअली, कपिलबस्तु ।  पिलबस्तुको महराजगंज नगरपालिका एक स्थित महराजगंज चोकमा एसिड प्रहारबाट एक महिला घाइते भएकी छिन । 
सामान्य लेनदेनको बिषयलाई लिएर कपिलबस्तु महराज नगरपालिका बस्ने बेदमातादेबी गुप्तामाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट ४१ बार्षिय गुप्ताको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

एसीड प्रहार बाट घाइते गुप्तालाई उपचारकालागी भैरहवा मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । क्रिकेट ब्याडको बिषयमा बिवाद बढेपर्छी छिमेकी हरी नारायण बराईले एसिड प्रहार गरेका हुन । बराईको क्रिकेट ब्याड भाचे पछि ब्याडको पैसा तिर्नु पर्ने भन्दै विबाद बढेको थियो । बराई ब्याट्रि मर्मत गर्ने पसल संचालन गर्दै आएका छन् ।

एसिड प्रहार गर्ने बराई लाई प्रहरीले नियन्त्रणमा लीएको छ । प्रहरीले बराईको पसलबाट ६ लिटर एसिड समेत बरामद गरेको छ । बराई माथी ज्यानमार्नै मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved