पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट

  • फागुन २८, २०७६
  • कालापानी मिडिया
alt

प्रितम तामाङ, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा आज बिहान ठूलो आवाजसहित विस्फोट भएको हो ।

विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको बा १९ प ४७८१ नम्बरको मारुती भ्यान क्षतिग्रस्त भएको छ । विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घरमा पनि क्षति पुगेको स्थानीयले जनाएका छन् । बास्कोटाका छिमेकीहरु कुबेर केसी र कपिलदेव घिमिरेको घरमा क्षति पुगेको जनाइएको छ । स्थानीय कपिल घिमिरेले आफनो घरमा एक करोड बराबरको क्षति भएको बताएका छन् ।

बास्कोटाको घर क्षेत्रमा हिजो दिनभर प्रहरीले गस्ती गरेको थियो । आज बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।

कमिशनस्वरुप आउने ७० करोडमध्ये करिब ५५ करोड रुपैयाँ मिश्रसँग बार्गे्निङ गरिरहेको अडियो बाहिरिएसँगै बाँस्कोटाले पदबाट राजिनामा दिनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved