स्याङजामा आगलागी,दुई घर र चार गोठ जलेर नष्ट

  • फाल्गुन ३०, २०७६
  • कालापानी मिडिया
alt


स्याङ्जा । आगलागी हुँदा दुई घर र चार गोठ जलेर नष्ट भएको छ। कालिगण्डकी गाउँपालिका-५ बाँसटारीमा बिहीबार दिउँसो आगोलागी हुँदा दुई घर र चार गोठ जलेर नष्ट भएको हो ।

नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा गोठमा आगो लागेको र अन्य घरमा पनि आगो लाग्न पुगेपछि क्षती भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । न्यौपानेको गोठ र १ कटेरो जलेर नष्ट भएको छ भने २ ओटा भैंसी मरेका छन् । करिब ४ लाख ८३ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

यसैगरी तोलाकान्त न्यौपानेको १ गोठ जलेको छ भने २ भैंसी घाइते भएका छन् । करिब ३ लाख ५० हजार बराबरको क्षती भएको प्रहरीको भनाई छ । सन्तोष पाण्डेको २ ओटा कच्चि घर र १ कटेरो जलेको छ भने ९ लाख ६५ हजार बराबरको क्षती भएको छ । ताराप्रसाद न्यौपानेको १ गोठ र १ कटेरो जलेर छ भने ४ लाख १५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कालिगण्डकी ए जलविद्युत आयोजनाको पावरहाउस बेलटारिमा रहेको नेपाली सेनाको टोली र दमकलको सहायताले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाउको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved