उदयपुर / उदयपुरमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या गरेको छ । शुक्रबार राति त्रियुगा नगरपालिका ९ स्थित चौकीबारीमा आमा २२ वर्षिय सारदा कुमारी चौधरी (गोमा) र ९ वर्षिय छोरी रत्ना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेको छ भने सासु ससुरा चौदण्डीगढी नगरपालिका ५ सिबाइमा बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved