काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हात पारेको हो । नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३ सय १० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिएका थिए भने दिपेन्द्रसिंह ऐरी २ र ललित राजवंशीले १–१ विकेट लिए । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved