काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई काठमाडौंका मेयर बालेन शाहले हतोत्साहित नहुन आग्रह गरेका छन् ।
आइतबार फेसबुकमा एक स्टाटस लेख्दै साम्पाङले आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको भन्दै गुनासो गरेका थिए ।
उनले लेखेका थिए, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’
साम्पाङको यहि भनाईलाई ढाडस दिँदै काठमाडौंका मेयर बालेन शाहले दुःखमा आफू साथमा रहेको बताएका छन् ।
उनले कमेन्टमा भनेका छन्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाईँ अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’
उनले अगाडि लेखेका छन्, ‘सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ । म छु । सबै हुनेछौँ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved