काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुस सेनामा नेपालीहरु भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जनकारी नरहेको बताएका छन् ।
सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो अभिब्यक्ति दिएका हुन् ।
सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको भन्दै यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दुतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको उल्लेख गरे ।
उनले भनेका छन्, ‘रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दुतावासमा आवश्यक रिपोर्ट गर्न
निर्देशन दिएका छौँ । यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आएपनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको
यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन । यसमा अध्ययनको चरणमा छौँ ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved