काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्म पुगेका छन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बाबुराम भट्टराई, रवि लामिछाने, एनपी साउद, मोहन बस्नेत लगायत अस्पताल पुगेका छन् ।
उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् ।
सीताको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved