काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९५औं जन्मोत्सव । रत्न बसिरहेको नारायणहिटी दरबार परिसरको महेन्द्र मञ्जिलमा एक समारोहका बीच सोमबार शाहको जन्मोत्सव मनाइने भएको छ ।
शाहलाई ९५ औं जन्मोत्सवको शुभकामना दिन राजपरिवारका सबै सदस्य महेन्द्र मञ्जिलमा जाने कार्यक्रम छ । जन्मोत्सव नागरिक समारोह समितिले राजधानीका विभिन्न मन्दिरमा पूजा गर्ने पनि जनाइएको छ ।
वि।सं। १९८५ भदौ ४ गते आजकै दिन जन्म हुनुभएकी रत्न २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुनुभयो । उहाँ राजा महेन्द्र वीर विक्रम शाह को दोश्रो पत्नी हुनुहुन्छ । उहाँकी आफ्नै दिदी इन्द्रराज्य लक्ष्मी देवी शाहले वि।सं। १९९६ मा राजा महेन्द्रकी जेठी श्रीमतीको रुपमा विवाह गर्नु भएको थियो। तर, उहाँको १८ भदौ २००७ मा निधन भएपछि रत्नले दुई वर्षपछि महेन्द्रसँग विवाह गर्नु भएको हो।
मुमा बडामहारानी रत्नको जन्मदिन भदौ ४ गते बाल दिवस मनाउने गरिन्थ्यो । तर, पछिल्लो केही वर्ष यता बाल दिवस भदौ २९ गते मनाउन थालिएको छ ।
नेपालमा गणतन्त्र प्राप्तिपछि रत्न गुमनाम महेन्द्र मञ्जिलमा बसिरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved