चितवनबाट वीरगञ्ज आएर कन्टेनरमा लुकेका ५३ जना सहित कन्टेनर पर्सा प्रहरीको नियन्त्रणमा

  • चैत्र १२, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
बीरगंज १२ चैत : कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्र्न लक डाउनको दोस्रो दिन आज विहानै देखि वीरगंजको अवस्था सुनसान छ । लक डाउन उल्लंघन गर्दै चितवनबाट आएको कन्टेनरमा लुकेका ५३ जना ब्यक्तिहरुलाई पनि आज पर्सा प्रहरीले कन्टेनर सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कन्टेनरमा लुकेका ५३ जना मध्ये ५० जना पर्सा जिल्लाका रहेका छन भने ३ जना बारा जिल्लाका रहेको छ ।91296295_148789109779343_4953778595890724864_n

कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्र्न हिजोदेखि लागू गरेको लकडाउन उल्घन गरेको भन्दै हिजो मंगलवार बीरगन्जमा १०० वटा मोटरसाइकल र ३०० जनालाई ब्यक्तिलाई प्रहरीले पक्राउ गरी पाचसय जरिवाना गरेर रिहा गरेको छ । नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोभिन(१९) लाई रोकथाम गर्ने प्रयास गरेको छ । लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको जनाएको छ । तर वीरगंज महानगरपालिका लगायत केही स्थानमा लकडाउन उल्लंघन गरेका थिए ।

लकडाउनको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनका लागि गरिएको अपिलको उल्लंघन गरेर काम नभएका मानिसहरु पनि घुमफिर गर्न थालेपछि प्रहरीले कडाइ गनथालेको छ । यता नेपाली सेनाले समेत आजबाट निगरानी बढाएको छ । बीरगंज ब्यारेक अगाडि रहेको तरकारी पसलहरुमा मानिसहरुको आवात जावत बढी भएकोले पसलहरु बन्द गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved