कोरोनाको औषधि कोईला भन्दै भ्रम फैलाउनेको कैलाली प्रहरीले खोजी गर्दै

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt


कृतबहादुर बिष्ट, धनगढी । कोरानाको औषधि सम्बन्धि भ्रम फैलाउनेको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

घरको आगँन खन्ने र कोईला निस्किन्छ, त्यसको तिलक लगाएर कोरोना संक्रमण हुदैने भन्ने भ्रम फैलाउनेको खोजी भईरहेको प्रहरी जनाएको छ । बिहिवार राती ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै खन्नुहोस् र कोईला निस्कन्छ, त्यही कोईलाको तिकक लगाउनुस् , कोरोनाले संक्रमण गर्दैन भन्ने भ्रम एकाएक फैलिएको थियो ।

यही भ्रमका कारण धेरैले राती नै धमाधम घरआगँन खने र कोईला पाएकाले तिलक लगाए भने केहीले पाएनन् र लगाएनन् पनि ।
शुक्रवार धनगढीका तीर्थराज भट्टले यस्तै जानकारी पए र एक फेसबुक स्टाटस मार्फत आफुले पाएको जानकारी भ्रम हो भन्दै भ्रमको पछि नलागेको बताए ।

यती खेर कैलालीमा आँगन खनेर कोईला निस्किने र कोरोनाको औषधी होकी भ्रमहो भनेर धेरैले सामाजिक संजाल मार्फत जिज्ञासा राखीरहेका छन् । कैलालीमा मात्र नभई आगँनमा भेटिएको कोईला कोरोनाको औषधी हो भनी सुदूरपश्चिमका पहडी जिल्लाबाट पनि कैलालीमा बसोबास गर्ने धेरैले आफन्तबाट फोन आएको समेत बताएका छन् ।

यसै सम्बन्धमा हामीले बिहानै जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतलाई टेलिफोन सम्पर्क गर्यौ । यस्तो भ्रमका बिषयमा तपाईलाई केही जानकारी छ ? उपरिक्षक बस्नेतले बस्नेत भने “यो भ्रम हो , यस्तो भ्रम फैलाउनेको हामीले खोजी गरिरहेका छौ ” । यस्ता भ्रमका पछि नलाग्न जिल्ला प्रहरी कार्यलय कैलालीले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved