भोकै र अलपत्र परेका व्यक्तिलाइ राष्ट्रिय युवा संघ नेपाल पर्साको सहयोग

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt

वीरगञ्ज १४ चैत : लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खानेहरु समस्यामा परेसँगै सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघ नेपाल पर्साले त्यस्ता व्यक्तिलाई आवश्यक खाद्यान्न सहयोग गर्न सुरु गरेको छ । संघले दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने र अलपत्र परेकाहरुलाई सहयोग स्वरुप खाजा तथा खाद्यान्न समाग्री वितरण सुरु गरेको हो । युवा संघ पर्साका संयोजक मोहमद निजामुदिनको नेतृत्वमा वीरगन्जको बसपार्क, श्रीपुरको दलित वस्तीमा आज खाद्यान्न वितरण गरेको छ ।91333488_528480887857885_7785036636735143936_n

युवा संघ पर्साले सामाजिक सञ्जाल फेसबुकमा सम्पर्क नम्बर नै राखेर खाद्यान्न सहयोगको अभियान नै थालेको हो । फेसबुकमा राखेको नम्बरमा खाद्यान्न अभाव भएको भन्ने कुनै जानकारी आए जहाँ खाद्यान्न अभाव भएको हो त्यही खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको पनि संघका पर्सा जिल्ला संयोजक मोहमद निजामुदिनले बताउनुभयो ।सरकारले लक डाउन गरेकाले घरबाट बाहिर निस्कन सहज नहुने यो अवस्थामा खाद्यान्न अभाव हुनेलाई घरघरमै पुगेर युवा संघले सहयोग गर्ने उहाँले बताउनुभयो ।90347852_224299748625774_5579541514008133632_n

भोकै र अलपत्र परेका व्यक्ति जो कसैले देखे आफूहरुलाई जानकारी दिन पनि युवा संघ पर्साले सामाजिक सञ्जाल मार्फत नै आह्वान गरेको छ । युवा संघ नेपालको केन्द्रीय सदस्य अरुण यादव, विमल पौड्यल, विकास रौनियार, पर्सा सह–संयोजक ओम प्रकाश गुप्ता लगायतको टोलि खाद्यान्न वितरण कार्यमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved