अदालतको आदेशपछि २१ केदि छुटे

  • चैत १६, २०७६
  • कालापानी मिडिया
alt


मुकेशकुमार यादव, सिरहा । अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदिहरु रिअन गरेका छन् ।

भिडका कारण कोभिड १९ संक्रमण जोखिमलाई मध्यनगर गर्दै सर्वोच्च अदालतले एक वर्षभन्दा कम कैद भुक्तान बाँकीरहेका कैदिहरुलाई बाँकी कैद बरावर जरिवाना लिएर छोड्न आदेश दिएपछि आजसम्म २१ जनालाई छोडेका हुन् ।

विश्व नै कोभिड १९ को संक्रमणले आक्रान्त भएको बेला कारागारहरुमा पनि संक्रमण फैलिन सक्ने विषयलाई लिएर सर्वोच्च अदालतको आदेशपछि प्रकृया पुर्याएर छोडिएको जेल प्रमुख बविता महतोले जानकारी दिए ।

क्षमताभन्दा धेरै कैदिवन्दि रहेको सिरहा कारागारमा पछिल्ला केहिदिनदेखि आफन्तहरुसँगको टेटघाटमा समेत प्रतिवन्ध लगाएके प्रमुख महतोले जानकारी दिए , पुरुष एक सय ३५ र महिला १५ सहित एक सय ५० कैदि वस्न सक्ने क्षमता भएको कारागारमा ५ सय ६१ जना कैदिवन्दिहरु रहेका थिए ।

२१ जना छुटेपछि अहिले ५ सय ४१ जना रहेका छन् । यो क्षमताभन्दा तेब्बर कैदिवन्दि हो । काराकार प्रमुख महतोले भिभागले अझै आधा कैद सजाय भोगेका र राम्रो चालचलन भएका कैदिहरुको नाम मागेको सुनाए । उनलेभने, ‘यो पनि जेलभित्र रहेका कैदिहरु घटाउनकै लागि हो जस्तो लागिरहेको छ, यसरी अझै केहि कैदि घटे यहाँ चाप कम हुने थियो ।’

उनले आजै वेलुकासम्म त्यस्ता कैदिवन्दिको लिष्ट पठाउने आदेश अनुसार काम भईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved