विपन्नलाई नगरको निःशुल्क खाद्यान्न

  • चैत १६, २०७६
  • कालापानी मिडिया
alt

मुकेश कुमार यादव, सिरहा, १६ चैत । सिरहाको मिर्चैया नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनमा रहेका अति विपन्न तथा दलित परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेको छ ।

91415449_533778540881304_1357045915612872704_n

मजदुरी नगरी हातमुख जोड्नै समस्या हुने देखिएपछि नगरपालीले १२ वटै वडाका पाँच सय भन्दाबढी घर परिवारलाई राहत वितरण गरेको मेयर श्रवण यादवले जनाए । उनलेभने, ‘गाउँघरमा अहिलेपनि दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु छन्, उनीहरुलाई राहतरुवरुप खाद्यान्न लगाएत सामाग्री उपलब्ध गराएका हौं ।’ प्रति परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ किलो आलु, २ किलो चुरा, भुजा, आधा लिटर खाने तेल, १ किलो नुन, साबुन र परिवार संख्याको आधारमा घरमै पुगेर करिब २० हजार भन्दाबढी मास्क वितरण गरेको मेयर यादबले बताए ।

91339356_3364512263577285_6939467029099315200_n नगरपालीकाका पदाधिकारी, कर्मचारी तथा प्रशासनको उपस्थितिमा निश्चित दुरी कायम गरी गाउँमै पुगेर राहत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दिल्ली राम भट्टराईले जनाएको छ । गाउँबाट कुनै केन्द्र तोकेर बोलाउँदा भिडभाड हुने भएकाले गाउँमै पुगेर राहत प्रदान गरेको भट्टराईले जनाए । आजैबाट सुरुगरेको राहत वितरण चाँडै सवैवडासम्म पुग्ने उनले जनाए ।

91361140_288698465445578_8629288625713971200_n

यसैगरी , कोरोना भाईरस (कोभिड १९) को कारण दैनिक ज्याला मजदुरी गरीखानेहरुलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), गोलबजार नगरपालीका ७ वडा कमिटिले वडाका विपन्न, दलित तथा गरिवहरुलाई निःशुल्क राहत सामग्री वितरण गरेको छ । लकडाउनको समयमा कामबाट मञ्चित भएकाले नगरपालीकाले निःशुल्क खाद्यान्न सामाग्री वितरण गरेका हुन् । वडामा रहेका करिव ५ सय भन्दा बढी दलित, गरिव परिवारलाई ५ केजी चामल, दाल, नुन, हातधुन सावुन र परीवार संख्याको आधारमा मास्क वितरवण गरेको नेता जीवन यादवले जानकारी दिए । उनलेभने, ‘लकडाउन चाँडै सकिने अवस्था नभएकाले दैनिक ज्यालामजदुरीगर्नेहरुलाई हातमुख जोड्न समस्या देखिएकाले राहत प्रदान गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved