कृत बिष्ट, धनगढी । नेपल र भारतमा यती खेर लकडाउन गरिएको भए पनि नेपाल भारतको खुल्ला सिमाना हुदै नेपाल भित्रिने क्रम रोकिएको छैन । आज मात्रै ३९ जना नेपालीहरुले अबैधरुपमा खुल्ला सिमानाको बाटो प्रयोग गरी नेपाल भित्रिएका छन् । भारतको बिभिन्न क्षेत्रवाट आएका नेपालीहरु कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ पुरानो भन्सार रोडवाट नेपाल भित्रिएका हुन् ।
कोराना संक्रमण रोकथाम गर्न नेपाल र भारतमा लकडाउन भएका कारण उनिहरु अबैधबाटो हुदै नेपाल भित्रिएका हुन् । अबैधरुपमा नेपाल भित्रिएको स्थानियले जानकारी प्राप्त गरेपछि उनिहरुलाई आहिले सोही ठाउको तिल्लेका तालमा राखिएको छ । अहिले सो क्षेत्रमा प्रहरी पुगिसकोले उनिहरुको बिबरण तयारी गरी क्वारेन्टाईनमा राख्ने प्रक्रिया अगाडी बढेको छ । यसरी अबैधरुपमा नेपाल भित्रीएकाहरुलाई कोरोना चेकजाँच गरी क्वारेन्टाइनमा राख्नु पर्ने स्थानियले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved