लकडाउनका कारण भारतमा सयौँ नेपाली अलपत्र

  • चैत १६, २०७६
  • कालापानी मिडिया
alt

कृत विष्ट, १६ चैत, धनगढी। भारतको राजधानी नयाँ दिल्लीमा लकडाउनका कारण सयौ नेपालीहरु भोकभोकै बस्न बाध्य भएका छन् ।

भारतको नयाँ दिल्ली स्थित सब्जी मन्डी र अन्य थुर्पै स्थानका सयौ नेपालीहरु भोकभोकै भारत र नेपालमा जारी लकडाउनका कारण भोकभोकै बस्न बाध्य भएका हुन् । बिशेष गरि भारतमा मजदुरी गर्ने नेपालीहरु बढी समस्यामा परेको सुदूरपश्चिमेली समाज भारतका केन्द्रिय कोषाध्यक्ष महादेब भट्टले फूलवारी खबरलाइ जानकारी दिए ।

दुबै देश भएको लकडाउनका कारण अलपत्र नेपालीहरु नत स्वादेस फर्कन सक्ने अबस्था छ नत भारतमै मजदुरी गरेर बस्ने अबस्था नै रहेको कोषाध्यक्ष भट्टले जानकारी दिए । उनका अनुसार सयौ नेपालीहरुलाइ दिल्लीमा नेपालीहरुलाई कसैले पनि कोठा दिन मानिरहेका छैनन् भने कोठामा बसेकाहरुलाइ घरवेटीले निकाल्ने गरेको छ ।

अलपत्र नेपालीहरुलाइ स्वदेश फर्कने ब्यबस्था मिलाइ दिन भनेर नयाँ दिल्ली स्थित नेपाली राजदुताबासमा पटक पटक आग्रह गरे पनि कुनै सुनवाइ नभएको सुदूरपश्चिमेली समाज भारतका दिल्ली राज्य समिति सदस्य गणेस दत्त भट्टले जानकारी दिएका छन् । उनले भारतमा अलपत्र परेका नेपालीहरुको ब्यबस्थापन गर्न नेपाल सरकारले चाँडो पहल लिनु पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved