अमेरिकाद्धारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण

  • चैत ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकाले यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण थालेको छ । हुथी विद्रोही समूहविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण शुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा उल्लेख गर्नुभएको छ ।

लाल सागरमा जहाजहरूमा सशस्त्र समूहबाट आक्रमण भएको र जवाफी आक्रमण थालिएको ट्रम्पको दाबी छ । साथै उहाँले इरानको आर्थिक सहयोगमा, हुथी समूहले अमेरिकी विमानमा मिसाइल प्रहार गरेको र आफ्ना सेना र सहयोगी उनीहरुको निशानामा परेका आरोप लगाउनुभएको छ ।

हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको र अन्य नौ जना घाइते भएको बताएको बीबीसीले उल्लेख गरेको छ । हुथी समूहले साना र साउदी अरेबियाको सिमानामा रहेको विद्रोहीको गढ सादाको उत्तरी प्रान्तमा शृङ्खलाबद्ध विस्फोट भएको रिपोर्ट गरेका छन् ।

इजरायल र अमेरिकालाई आफ्नो शत्रु मान्दै आएको इरान समर्थित विद्रोही समूह हुथीले साना र यमनको उत्तर–पश्चिममा पकड कायम गर्दै आएको छ । हुथी विद्रोही यमनको अल्पसङ्ख्यक शिया मुस्लिम समुदाय जायदीको समूह हो ।

सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हुथीहरूले अमेरिका र इजरायललाई शत्रुका रूपमा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
काठमाडौँको बल्खुमा र ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार बल्खुमा आयोजना विशाल जनप्रदर्शन गरेक ...

सरकार नसुध्रीए बाल ...

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द ...

आज काठमाडौंमा राप्रप ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्दैछ। विभिन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved