भारतको आक्रमण पछि पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा

  • वैशाख २४, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् ।

भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतले यो आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ । भारतको यो आक्रमणपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स ह्यान्डलमा ‘भारत माता की जय’ लेखेका छन् ।

उता, पाकिस्तानी प्रधानमन्त्री भारतले गरेको युद्धको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताएका छन् । भारतका केही मिडियाले पाकिस्तानले पनि जवाफी आक्रमण भएको जनाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्था डानले लेखेको छ, “भारतले लगाएको यो युद्धको उचित जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ र उचित जवाफ दिइँदैछ । सम्पूर्ण राष्ट्र पाकिस्तानी सशस्त्र सेनाको साथमा छ र सम्पूर्ण पाकिस्तानी राष्ट्रको मनोबल र भावना उच्च छ ।” भारतको यो आक्रमणबाट तीन जनाको निधन र १२ जना घाइते भएको डानले जनाएको छ ।

यस्तै, डानका अनुसार भारतले पाकिस्तानको कोल्टी, बहवालपुर, मुरिदके, बाघ र मुजफरबादमा आक्रमण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved