कोरोनाको मिलेर सामना गरौं -राजेन्द्र लिङ्देन

  • चैत २१, २०७६
  • कालापानी मिडिया
alt

प्रिय स्थानीय तहका जनप्रतिनिधि साथीहरु ! अहिले एउटा ठूलो चुनौतीको सामना गरिरहेका छौं। यो चुनौती केवल कुनै व्यक्ति,जाति,पार्टी,समाज र देशका विरूद्ध नभएर मानव सभ्यता माथिको चुनौती हो, यसलाई मिलेर सामना गर्नुको विकल्प छैन।

हालसम्म कोरोना भाईरसको औषधी नभएको र हाम्रो देशको सन्दर्भमा त कोरोना भाईरस जाँच्ने सामाग्री,जाँच्ने डाक्टरले लगाउने सुरक्षा सामाग्री जस्ता अत्यावश्यक बस्तुहरु पर्याप्त मात्रामा नभएको र भएको सामाग्रीको पनि गुणस्तरमा प्रशस्त प्रश्नहरु उठिरहेका छन। यस्तो बेला सरकारको निर्देशन पालना गरेर लक डाउनमा बस्नुनै एकमात्र विकल्प हो।

लक डाउन जति लम्बिदै जाँदैछ त्यतिनै दैनिक ज्यालामजदुरी गरिखाने दिदीबहिनी दाजुभाइको जिवन कष्टकर बन्दै गइरहेकोछ । यस्तो बेला मानव सभ्यतालाई बचाउने नाममा कसैले भोकै मर्नु नपरोस। तपाईहरूलाई थाहा छ अहिले टाढाबाट चाहेर पनि कुनै दाताहरु तपाईको घरगाउँमा आउन सक्दैनन, आउनु उचित पनि होईन र सरकारले आफूखुसी राहत वितरणमा रोक पनि लगाएको छ ।

अहिले जनताको सबैभन्दा नजिकको मान्छे,भगवान,प्रभु,परमेश्वर जे भने पनि तपाईहरुनै हो । खबरहरु आईरहेका छन। बिस्तारै गरीबका चूला जल्न छाडेका छन। यस्तो बेला हिजो तपाईलाई कसले भोट दियो या दिएन अथवा तपाई वा उ कुन पार्टीको हो यी सबै छोडिदिनुहोस । नअल्मलिनुहोस र तत्काल बन्दोबस्त मिलाएर राहत घरघर पुग्ने ब्यबस्था मिलाउनुहोस।

यस काममा चाहे तथ्यांक लिनहोस या वितरणमा टोल बिकास संस्थाको सहयोग लिनुभयो भने अझ प्रभावकारी हुनेछ। पक्षपात,दुरूपयोग र सामग्री खरीदमा अनियमितता र भ्रष्टाचार जस्ता कुराहरू सुन्न नपरोस । मानवता नमरोस !
राजेन्द्र लिङदेन
सदस्य प्रतिनिधिसभा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved