बागलुङ। तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बागलुङमा ९ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्।
आइतबार बिहानैदेखि निसीखोला, तमानखोला, बडिगाड, ढोरपाटन र दरमखोलामा बाढी आउनुका साथै ग्रामीण भेगमा पहिरोले घरहरू पुरेका हुन्।
पहिरोमा परी ज्यान गुमाउने र प्रभावितहरूको विवरण:
निसीखोला गाउँपालिका-३: पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्याम कुमारी विक, उनका १३ वर्षीय छोरा मनोज विक, ८ वर्षीय छोरा मुकेश विक र ३ वर्षीय छोरा निशान विक रहेका छन्।
निसीखोला गाउँपालिका-६: सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर ५० वर्षीय सुर्जे घर्ती मगरको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका-३: पहिरोमा परी ८० वर्षीय बुद्धिराज घर्ती र ६५ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका-४: पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर विक सिर्पाली र ६५ वर्षीया उदीसरा विक सिर्पालीको मृत्यु भएको छ भने ५० वर्षीया सरा विक बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरोले गाउँमा १० वटा घर भत्काएर पूर्ण रूपमा क्षति पुर्याएको छ। बेपत्ताको खोजी र उद्धार कार्य जारी छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved