काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोले सडक तथा पुलहरूमा क्षति पुर्याएपछि नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण क्षेत्रीय अधिवेशन गर्न तथा प्रतिनिधिहरूलाई काठमाडौँ आउन कठिनाइ भएकाले महाधिवेशन सार्नेबारे छलफल भइरहेको हो।
आगामी असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको मिति परिवर्तन गर्ने/नगर्नेबारे मङ्गलबार बिहान बस्ने बैठकले निर्णय गर्ने प्रवक्ता चालिसेले जानकारी दिए।
यद्यपि, कानुनी अड्चनलाई ध्यानमा राखेर मात्र अन्तिम निर्णय लिइनेछ। कांग्रेसले सर्वोच्च अदालतमा धारणा पेस गर्दा असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने उल्लेख गरेको र अदालतको फैसलामा पनि सोही विषय परेकाले कानुनी परामर्शपछि मात्र औपचारिक निर्णय गरिने प्रवक्ता चालिसेले बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved