जनक साउद, २४ चैत,बैतडी । कोरोना भाईरस कोभिड १९ ले सुदुरपश्चिमका बिभिन्न पहाडी जिल्लाहरुमा चैत्र अष्टमीका दिन लाग्ने जात्राहरु प्रभाबित भएका छन । कोरोना भाईरसको रोकथामका लागी सरकारले गरेका लकडाउनका कारण जात्राहरु प्रभाबित भएका हुन ।
बैतडीको निङ्खलाशैनी भगवती मन्दिर देहीमाण्डौ, मेलौली भगवती मन्दिर मेलौली,त्रिपुरा सुन्दरी भगवती मन्दिर र डिलाशैनी भगवती मन्दिर डिलाशैनी र तल्लादेहीमा चैत्र अष्तमीमा लाग्ने जात्राहरु प्रभाबित भएका हुन । गत बिगतका बर्षहरुमा हजारौ दर्शनार्थीहरुको भिड हुने मन्दिरहरु यो बर्ष भने कोरोना भाईरसको कारणले सुनसान रहेका छन ।
कोरोनाको कारणले धेरै भिडभाड नगरी बिश्व शान्तिको लागी क्षमा पुजा गरिएको निङ्खलाशैनी धार्मिक सेवा समिति देहिमाण्डौका अध्यक्ष मान बहादुर बोहराले बताउनुभयो । गत बिगतका बर्षहरुमा सयौको संख्यामा रागां तथा बोकाहरुको बली दिईने भए पनि यो बर्ष भने शान्तिपुर्णमा ,भिडभिड नहुने गरी शान्ति पुजा गरिएको अध्यक्ष बोहराले बताए ।
निङ्खलाशैनी मन्दिर देहिमाण्डौमा बिगतका बर्षहरुमा जिल्लाका बिभिन्न ठाउहरुबाट रागां तथा बोकाहरुको बली दिईने भए पनि यो बर्ष एक रागां र एक बोकाको मात्रै बली दिईएको छ । मन्दिरमा भिडभाड नहोस भनेर नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा ब्यबस्था कडा पारिएको थियो । जिल्लाका अन्य मन्दिरहरुमा पनी भिडभाड नगरी शान्ति पुर्णहरुमा पुजा सम्पनन भएको छ ।
मेलौली भगवती मन्दिर मेलौलीमा पनी भक्तजनहरुले स्वईच्छले पुजापाठ गरेको भए पनि बली भने नदिईएको मेलौली नगरपालिकाका नगरउपप्रमुख राधा ओझाले बताए । कोरोना भाईरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै बैतडीका बिभिन्न मन्दिरहरुमा चैत्र अष्ठमीमा लाग्ने चैते जात्राहरु शान्तिपुर्ण रुपमा भिडभाड नगरी सम्पनन भएका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved