लकडाउनमै नेपालबाट २६ सय बढि बाहिरिए

  • चैत्र २४, २०७६
  • कालापानी मिडिया
alt

२४ चैत, काठमाडौं । नेपाल घुम्न आएका विभिन्न देशका नागरिक लकडाउनका कारण रोकिएपछि सम्बन्धित देशले आफ्ना नागरिक फिर्ता लगिरहेका छन् । हालसम्म काठमाडौँस्थित विभिन्न देशका दूतावासले ११ वटा जहाज चार्टर गरेर आफ्ना नागरिक फिर्ता लगिसकेका छन् ।

कुन एयरलाइन्सको कति उडान ?

हालसम्म भएका ११ अन्तराष्ट्रिय चार्टर उडानमध्ये ७ उडान कतार एयरवेजले गरेको छ । बाँकी ४ उडानमध्ये नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक, मलेसियन एयरलाइन्सले एक, मलेसियाकै मालिण्दो एयरले एक र चेक रिपब्लिकले एक उडान गरेको छ ।

नेपालका विभिन्न क्षेत्रमा रहेका विदेशी पर्यटकको अप्रिल ३ अर्थात् चैत्र २१ सम्म उद्वार भएको थियो । उनीहरुलाई देशका विभिन्न क्षेत्रबाट नेपालका आन्तरिक उडान भर्ने विमान कम्पनीमार्फत काठमाडौँ ल्याईएको थियो ।

कुन एयरलाइन्सले कति यात्रु बोके ?

कोरोना भाइरसका कारण लकडायन सुरु भएदेखि चैत्र २३ गते आइतबारसम्म २ हजार ६४८ जना पर्यटक काठमाडौँबाट सम्बन्धित देश फर्काइएका छन् । यीसँगै २९ जना नाबालकसमेत छन् । उनीहरुलाई सम्बन्धित देशले नै विमान चार्टर गरेर आफ्नो मूलुक लगेका हुन् ।

लकडाउन पश्चात काठमाडौँ विमानस्थलबाट सबैभन्दा धेरै पटक चार्टर उडान गरेको कतार एयरवेजले मात्रै २ हजार १०८ यात्रु बोकेको छ । यीसँगै २२ नाबालक पनि उडाएको छ ।

कतार एयरलाइन्स पछि नेपाल एयरलाइन्सले २५० जना यात्रु र ७ नाबालक बोकेर उडान भरेको छ । यसपछि मलेसियन एयरलाइन्सले १२२ यात्रु र २ नाबालक, चेक रिपब्लिकले १०२ यात्रु र मलिण्दो एयरले ६६ जना यात्रु बोकेका छन् ।

कुन मितिमा कुन एयरलाइन्स कहाँ उडे ?

मार्च २७ तारिख अथात् चैत्र १४ गते कतार एयरले जर्मन दूतावासको चार्टर उडान गरेको थियो । उसले यो उडानमा ३०४ जना यात्रु र ३ जना नाबालक बोकेको थियो । यसमा जर्मनीका १९० र युरोपेली देशका ११४ जनाले यात्रा गरेका थिए ।

चैत्र १५ गते पनि कतार एयरवेजले जर्मन दूतावासकै २ वटा चार्टर उडान गरेको थियो । यसमा पहिलो उडानमा ३०३ जना यात्रु र दोस्रो उडानमा ३०२ यात्रु तथा ३ नाबालकलाई बोकेको थियो । यो उडानमा यात्रा गर्ने नागरिक पनि जर्मनी र युरोपेली देशकै थिए ।

मार्च ३१ अर्थात् चैत्र १८ गते कतार एयरलाई नै अमेरिकी दूतावासले चार्टर उडान गराएको थियो । यसमा २९३ यात्रु र ९ नाबालक थिए । त्यसपछि कतार एयरलाई अप्रिल ४ ९चैत्र २२ गते० जर्मनी दूतावास र फ्रान्स दूतावासले चार्टर गरेका थिए । यी उडानमा क्रमशः ३०५ यात्रु तथा २ नाबालक र ३०३ यात्रु थिए । कतार एयरले अप्रिल ५ ९चैत्र २३ गते० अमेरिकन दूतावासको चार्टर उडान गरी २९८ यात्रु र ५ नाबालक बोकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यस्तै नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले पनि अप्रिल १ अर्थात् चैत्र १९ गते अस्ट्रेलियाका लागि चार्टर उडान गरेको थियो । उक्त दिन २५० यात्रु र ७ नाबालक बोकेर उडेको निगमको जहाजमा अस्ट्रेलियाको ‘पिआर होल्डर’ नेपाली ३५ जना थिए ।

त्यसैगरी यो बीचमा नेदरल्याण्ड दूतावासले मलेसियन एयरलाइन्सको जहाज चार्टर गरेर आफ्ना नागरिक फिर्ता लगेको छ । चैत्र २० गते काठमाडौँबाट उडेको मलेसियन एयरले १२२ जना यात्रु बोकेको थियो ।

चेक गणतन्त्रले अप्रिल ४ मा आफ्ना नागरिक आफ्नै जहाजमार्फत फिर्ता लगेको छ । चेक रिपब्लिकले १०२ जना यात्रु बोकेर काठमाडौँबाट आइतबार उडान भरेको छ । अप्रिल ४ मै मलेसियाले मालिण्दो एयरको जहाज चार्टर गरेर काठमाडौँबाट आफ्ना नागरिक लगेको छ । उक्त उडानमा ६६ जना यात्रु थिए ।

लकडाउन पश्चात नेपाल एयरलाइन्सले ३ वटा लामो दूरीका उडान गरेको भएपनि एक उडानमा मात्रै यात्रु बोकेको थियो । बाँकी २ उडान भने औषधिजन्य सामग्री ल्याउन चार्टर गरिएको थियो ।

विजपाटि

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved