३० चैत, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य माननिय राजेन्द्र लिङदेनले सम्पुर्ण नेपालीहरुमा नयाँ वर्ष २०७७को अवसरमा शुभकामना सन्देश दिएका छन् ।
नयाँ वर्ष २०७७को पूर्व सन्ध्यामा महामन्त्री लिङदेनले सामाजीक सञ्जाल मार्फत शुभकामना सन्देश दिएका हुन् । उनले सन्देश मार्फत सम्पूर्ण नेपालीलाई आपसी घृणा र द्वेष त्यागेर चुनौतीको समाना गर्न सामुहिक रुपमा अगाडी बढ्न पनि सुझाएका छन् । उनले सन्देशमा भनेका छन् ।
वसुधैव कुटुम्बकम्
सर्वेभवन्तु सुखिनः सर्वेसन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत्
यी हाम्रा सनातन परम्परा हुन र यसैबाट हाम्रो समाज निर्देशित छ ।
कुनै व्यक्ति विशेषले गरेको गल्तिबाट पुरै जात वा धर्म बिशेषलाई लाञ्छित गर्ने नेपाली परम्परा होइन ।
आपसी घृणा र द्वेष होइन सामाजिक सदभाव र एकता कायम गर्दै मानव सभ्यता माथिको चुनौतीलाई सामुहिक रूपमा सामना गरौं !
नववर्ष २०७७को हार्दिक शुभकामना !
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved