कैलालीमा थप एक जनामा कोराना संक्रमण भेटियो

  • वैशाख १, २०७७
  • कालापानी मिडिया
alt

कैलाली । कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको छ।

उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाईरहेको बताए। यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।

यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ। उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

उनि १३ दिन अघि कैलाली पुगेको खुलेको छ। पर्साको वीरगञ्जमा रहेकी ६० बर्षीय महिला चैत १७ गते लम्कीचुहा नगरपालिकाका लागि हिडेकी थिईन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी चैत १८ गते मात्र लम्की पुगेकी थिईन्।

त्यसपछि लम्की बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको थियो। उनको चैत २५ गते काठमाडौँबाट आएको तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन गरी परिक्षणका लागि लगिएको थियो।

¥यापिड टेष्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि महिलालाई घर फर्काइँएको थियो। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परिक्षण गर्दा पोजेटिभ देखिएपछि ती महिलालाई सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा राख्न धनगढी ल्याईदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved