कैलालीकी बृद्धामा कोरोना देखिएपछि घर फर्काइएका सुदूरपश्चिमका ९ सय ७९ जनामाथि आशंका बढ्यो

  • बैशाख १, २०७७
  • कालापानी मिडिया
alt

१ बैशाख, कैलाली । कैलालीमा ६० वर्षीया महिलामा कोरोना देखिएपछि अनिवार्य क्वारेन्टाईनबाट घर फर्काइँएका सुदूरपश्चिमका ९ सय ७९ जनामाथि पनि आशंका बढेको छ। संघिय सरकारले तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली खटाएर आईतबार सम्म दुई हजार ३१ जनाको र्‍यापिड टेष्ट गराएको स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ।

उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ। ती मध्ये आईतबार सम्म नौँ सय ७९ जनालाई होम क्वारेन्टाईनमा बस्नेगरी घर पठाईएको थियो। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपछि कोरोनाको संक्रमण देखिएकी महिलाको पनि र्‍यापिड टेष्ट गर्दा नेगेटिभ रिर्पोट ७ दिन होम क्वारेन्टाईनमा बस्नेगरी घर फर्काइएको थियो।

प्रयोगशालाले महिलाको रिर्पोट पोजेटिभ देखाएपछि र्‍यापिड टेष्टको विश्वसनीयतामाथि प्रश्न उठेको छ भने कतै अहिले घर फर्काइएकाहरुमा पनि कोरोना संक्रमण भए समुदायमा समेत फैलिने चिन्ता व्यक्त गरिएको छ। कोरोना भाईरसका विरामीको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले कोरोना परिक्षणका लागि अपनाईएको र्‍यापिड टेष्ट विश्वसनीय नभएको बताए।
‘र्‍यापिड टेष्ट मात्र हैन् पीसीआर प्रविधीबाट गरिएको परिक्षणलाई पनि शत प्रतिशत विश्वास नसकिने अवस्था छ।’ कमरले भने, ‘काठमाडौँमा पीसीआर प्रविधीबाट परिक्षण गरेको रिर्पोटलाई पनि शत प्रतिशत मान्न सकिदैन्। एक सय जनामा झण्डै आधा प्रतिशतको मात्र सही रिर्पोट आउँछ। र्‍यापिड टेष्टको झन एकदम कम हुन्छ। परिक्षणलाई मात्र शत प्रतिशत विश्वास गर्न सकिने अवस्था नरहेको बताउँदै उनले र्‍यापिड टेष्टमा नेगेटिभ आएको भन्दै घर जाउ, मनलाग्दो रुपमा हिड भन्ने होईन्।’

विदेशबाट आएकाहरुले कम्तीमा दुईदेखि तीन हप्ता क्वारेन्टाईनमा बस्नुपर्ने उनको भनाई छ। कोरोनाको सबैभन्दा उचित उपचार क्वारेन्टाईन नै भएको उ

र्‍यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण गर्ने भएकाले विश्वनीय नहुने यसअघि नै स्वास्थ्यकर्मीहरुले बताईसकेका थिए। र्‍यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्ने हुन्छ।
संघीय सरकारले सुदूरपश्चिममा १० हजारको र्‍यापिड टेस्ट गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठनले समेत र्‍यापिड टेष्ट विश्वसनीय नभएकाले परीक्षणमा प्रयोग नगर्न भनेका बेला सरकारले भने र्‍यापिड टेष्ट गरिरहेको हो।
र्‍यापिड टेष्टमा रिर्पोट नेगेटिभ आएकाहरुलाई ७ दिन होम क्वारेन्टाईनमा बस्ने र उनीहरुको निगरानी स्थानीय स्तरमा महिला स्वास्थ्य स्वयंम सेविकाले गर्ने व्यवस्था सरकारले गरेको छ।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved