कोरोना प्रभाव - शताब्दीकै खल्लो ‘विसु’

  • वैशाख १, २०७७
  • कालापानी मिडिया
alt

१ बैसाख, एकेन्द्र चन्द, डोटी । ‘विसु’ र ‘ओल्के’ सुदूरपश्चिमका दुई मौलिक पर्व हुन्। विसु वैशाख १ गते मनाईन्छ भने ओल्के भदौ १ गते। यी दुवै पर्वका सन्दर्भमा यस क्षेत्रमा एक किम्बदन्ती छ–‘मरुला भनेर विसु खानु, बाँचे भनेर ओल्के !’
परापूर्व कालमा वर्खायामलाई रोगव्याधी, महामारी, बाढीपहिरो र प्रकोपको याम भनेर बुझिन्थ्यो। त्यो समयमा जतिबेला पनि मरिन्छ, त्यसैले वर्खायाम सुरु हुने वैशाख १ गते परिवार छरछिमेक सबै मिलेर विसु पर्व मनाउने र त्यो समय घर्किएको र बाँचिएको खुसीमा भदौ १ गते ओल्के मनाउने प्रचलन बसेको जानकारहरु कथन गर्छन्।

काल फेरियो। पहिलेझैँ बर्खायाममा आउने समस्याहरु आउन कम भए। तर सुदूरपश्चिमेलीहरुले यी दुवै पर्व प्रतिको अपनत्व घटाएनन्। पहिलेझैँ मनाईरहे। घरभन्दा टाढा भएकाहरु पनि घर आईरहे। परिवार, छरछिमेक एकठाउँमा भएर रमाउदै यी पर्वको मौलिकता जोगाईरहे।

यस्तोमा यो वर्ष पनि विसु आएको छ। तर विसुले दिने रौनक भने आएको छैन। विश्वव्यापी फैलिएको नोवेल कोरोना भाइरस(कोभिड–१९)को महामारीको डरमा नेपाली समाज पनि व्याप्त छ। सरकारले लकडाउन गरिरहेको छ। ‘न विसुको अनुभव छ, न नयाँ वर्षको१,’ स्थानीय बम ब चन्द भन्छन्,‘कोरोनाको चपेटामा यस वर्ष विसु पनि गएको छ।’

विसुसंगको पुरानो कथन अहिले चरितार्थ बनेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एबं पूजारी प्रेमशंकर भट्ट बताउँछन्। उनी भन्छन्, ‘मरिन्छ‘ की भनेर उहिले विसु मनाईन्थ्यो। अहिले सत्यमा सबै समुदायलाई मर्ने डरले जगडेको छ।’

जानकारहरुका अनुसार मरिन्छ की भनेर मनाईने विसु पनि परापूर्व कालदेखि नै धुमधामसंग मनाउने प्रचलन छ। त्यसले विसुको रौनकता सबैका लागि प्रिय हुन्थ्यो। त्यो बेलादेखि नै विसुमा मिठोमसिनो खानपान, ठूलाबडाको आशिर्वाद, विभिन्न धार्मिक कार्यक्रम तथा पूजाआजा हुन्थे। सिस्नोपानी छ्यापेर रमाईलो गर्ने, बाघ खेल खेल्ने, लठ्ठी पूजेर रमाईलो गर्ने, लोक देउडा खेल्ने लगायतका ठाउँ अनुसार आ–आफ्नै मौलिक किसिमबाट विसु मनाईन्छ।

यसपटक कोभिड–१९को संक्रमणको डरले ती सबै कार्यहरु बर्जित छन्। स्थानीय प्रशासन र स्थानीय तहहरुले पनि यस्ता कार्यहरुमा रोक लगाएको छ। जसले यसपटकको विसु निकै खल्लो भएको प्रतिक्रिया छ। ‘यो लगभग शताब्दीकै खल्लो विसु बनेको छ,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक तीर्थराज जोशी भन्छन्,‘मेरो जानकारीमा यस्तो विसु कहिल्यै देखेको छैन।’ यद्धपी सबैले जोखिमको समयमा संयम हुनुपर्ने उनले बताए।

धार्मिक मान्यता अनुसार ज्योतिषशास्त्रमा चन्द्रमानको हिसाबले चैत्रशुक्ल प्रतिप्रदालाई नव वर्ष आरम्भ भएको दिन मानिएको छ। यस दिन सुर्य विसुवत् रेखामा जाने भएकाले सुदूरपश्चिममा विसु संक्रान्ती भन्ने चलन छ। विसुु संक्रान्तिका दिन बिस गाग्री पानीले वा नदिमा गइ बिस पटक डुवुल्की मारेमा रोगव्याधि हट्ने विश्वास लिइन्छ।

यसै पर्वका अवसरमा सिस्नो चिलाउनाले वितेको वर्षको पाप नष्ट हुनुका साथै हाडजोर्नीको रोग, बाथ, दाद लगायतका रोगहरु पनि निको हुने जनविश्वास रहिआएको छ। यसवाहेक मानव जनेनद्रीयहरु सक्रिय भएपछि नयाँ सोच र नयाँ काम गर्ने जाँगर बढ्ने मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved