प्रहरीसँगको वादविवादका क्रममा बेहोस भएकी वृद्धाको मृत्यु

  • वैशाख १, २०७७
  • कालापानी मिडिया
alt

१ बैसाख, सप्तरी। लकडाउन उल्लङ्घनका विषयमा प्रहरीसँगको वादविवादका क्रममा बेहोस भएर एक जना वृद्धाको मृत्यु भएको छ। सप्तरीको खड्ग नगरपालिका ६ वीरपुरमा लकडाउन उल्लङ्घन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीसँग स्थानीय बासिन्दाको विवाद भएको थियो।

बेहोस भएकी उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने वित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी मुटुका रोगी थिइन्।

प्रहरीले आफैं बेहोस भएको बताएपनि स्थानीयले लक डाउन उल्लङ्घन रोक्न गएको प्रहरीले उनलाई कुटेपछि उनी बेहोस भएको जनाएका छन्। जयनवका पति हाजी कमरुद्धिन ट्याक्टरमा सामान लोड गरिरहँदा प्रहरीले उनी र पत्नी जयनवलाई कुटेको स्थानीयले बताएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved