पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमा, छोरा बुहरीमा नै कोरोना पोजिटिभ

  • वैशाख १, २०७७
  • कालापानी मिडिया
alt

१ बैशाख, काठमाडौँ। काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलार्ई यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ। उक्त अपार्टमेन्टमा लामो समयदेखि बस्दै आएका सिंघराज श्रेष्ठले अहिले उक्त अपार्टमेन्टको लिफ्ट बन्द गर्नुको साथै प्रहरीले घेरा हालीरहेको जनाए।

प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको हो।उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ। स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्नाएको छ। प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved