माटोको ढिस्कोले पुरिएर एकको मृत्यु ३ घाइते

  • वैशाख ६, २०७७
  • कालापानी मिडिया
alt


धुलिखेल । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । उनको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । नौ वर्षीया एनिषा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन् ।

यसैबीच शुक्रबार बेलुका पाँचखाल नगरपालिका–८ चौउन्न किलोस्थित अरनिको राजमार्गमा सिन्धुपाल्चोकबाट धुलिखेलतर्फ आउँदै गरेको बा११च १५४१ नंको स्कारपियो गाडी सडकबाट तल खस्दा घाइते भएका पाँच जना धुलिखेल अस्पतालमा उपचार गरी त्यहाँबाट काठमाडौँस्थित ओम अस्पतालमा सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

सडकबाट अन्दाजी २०० मिटर तल चाखोलामा खसी दुर्घटना हुँदा स्कारपियोमा सवार सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ सुकेधारा बस्ने प्रनिशा खत्री, सोही ठाउँ बस्ने सरिता खत्री, हार्दिक खत्री, काठमाडौँ पेप्सिकोला बस्ने विष्णु पौडेल र भक्तपुर बस्ने शम्भुबहादुर तिमल्सिना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved