काठमाडौं । रामेछापको मन्थलीमा मिनीबस दुर्घटना हुँदा कम्तिमा २८ जना घाइते भएका छन् । 
मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका-६ मा दुर्घटना भएको हो । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । केही घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर रिफर गरिएको छ । 
केही सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । गाडीमा बालबालिकासहित करिब ४० जना सवार रहेको बताइएको छ । ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved