घर फर्कन चाहनेलाई घर फर्काई दिन प्रधानमन्त्रीसंग अध्यक्ष पौडेलको माग

  • वैशाख ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौ । मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलले काठमाडौमा रहेका झापालीहरुलाई घर फर्किने व्यवस्था मिलाइदीन सरकार संग आग्रह गरेका छन् । लामो लक डाउन झेल्नु पर्दा काठमाडौमा बस्न अत्यन्तै असुविधा भएकाहरूलाई घर पठाइदिन आग्रह गर्दै पौडेलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक संजालमा अध्यक्ष पौडेल लेख्छन्, ‘झापा बाट निर्वाचित भएका व्यक्ति हाल देशको प्रधानमन्त्री हुनुहुन्छ । त्यही प्रदेशवाट निर्वाचित व्यक्ति १ न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ । त्यस क्षेत्रका धेरै मान्छेहरु वर्तमान सरकारको ठुल्ठला जिम्मेवारीमा हुनुहुन्छ।’

घर फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै हरेक दिन धेरै संख्या आफुलाइ फोन कल आउने गरेको बताएका छन् । स्थानीय तहका प्रमुखहरु संग समेत आफुले बारम्बार फोन मार्फत सहजीकरण प्रयास गरेको भन्दै उनले कोरोना त्रास भन्दा ठूलो समस्या झेल्न बाध्य नागरिकहरुको पीडा नसुनेकोमा सरकारको कडा शब्दमा आलोचना समेत गरेका छन् । स्थानीय निकाय संग गरिएको परामर्श बाट कुनै ठोस निर्णय हुन नसकेको प्रती उनले स्थानीय तहलाई गम्भीर हुन समेत अपिल गरेका छन् ।

सरकारले कोरोनाको महामारी फैलिन नदिन मुलुकभर लक डाउनको घोषणा गरेको छ । लक डाउन संगै काठमाडौ बाट बाहिरिन चाहनेको संख्या पनि बढ्दै गएको छ । लामो समय सम्म लक डाउन भए पछी जीविकोपार्जन गर्न समस्या हुन थालेकोले पनि काठमाडौ उपत्यका छोडेर बाहिरिनेहरु चाप बढ्न थालेको पाइएको छ ।

केही दिन अघिसरकारले घर फर्कन चाहनेहरुको लागि यात्रा खुला गरिदिएको समाचार आएको थियो । उक्त खबर सुनेपछि उपत्यका छोड्नेहरु गाडीको प्रतीक्षामा घन्टौ सम्म बस्ने गरेका थिए । यद्यपि हल्लामा आए जस्तो गरि सजिलै उपत्यका छोड्न पाउने सम्भावना भने छदैं थिएन । घाम पानीको समेत पर्वाह नगरी काखीमा नानी च्यापेर घन्टौ सम्म गाडिको प्रतीक्षा गर्ने र अन्त्यमा पुनः बासस्थान फर्किनु पर्नेको पीडादायी अवस्था हिजोआज सामाजिक संजाल भरिने गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved