पत्रकार दुव्र्यवहार घटनाप्रति ध्यानाकर्षण

  • वैशाख १५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुव्र्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार सङ्कलनका लागि आज ब्हिान चितवनको भरतपुरस्थित चौवीसकोठीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुव्र्यवहार गर्दै पक्राउ गरेको महासङ्घले जनाएको छ । पत्रकारद्वयले  परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुव्र्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारीसाधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

महासङ्घका महासचिव रमेश विष्टले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमको ख्याल नगरी अग्रपंक्ति रहेर नागरिकलाई सुसूचीत गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको व्यवहार खेदजनक भएको उल्लेख गरेका छन् । महासङ्घले घटनामा संलग्न प्रहरीमाथि कारवाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

यसैगरी पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्यसमितिका सदस्य तथा दैलेखस्थित नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमिततासम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार केसीलाई धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved