लकडाउनले रोकेन कांग्रेस नेता सिटौलाको छोराको बिहे, भोजको खर्च स्थानीय तहलाई सहयोग

  • वैशाख १६, २०७७
  • कालापानी मिडिया
alt

विर्तामोड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका छोरा श्यामबाबु र व्यवसायी ओमकृष्ण बिमलीकी छोरी मनिषाको बिहेको भोजको खर्च पाँच लाख रुपैयाँ स्थानीय तहलाई सहयोग स्वरुप उपलब्ध गराइएको छ ।

चारवटा स्थानीय तहलाई एक लाख रुपैयाँका दरले र आफ्नै घर छेउका दुईवटा वडा कार्यालयहरुलाई पचास हजार रुपैयाँका दरले उपलब्ध गराइएको श्यामबाबु सिटौलाले जानकारी दिए ।

उनले भने, ‘बिहेको भोज दिने परिस्थिति नबनेपछि उक्त रकम कोभिड-१९ विरुद्ध संघर्ष गरिरहेका स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका हौं।’

भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका,बाह्दशी गाउँपालिकालाई एक/एक लाख, भद्रपुर-१० नम्बर वडा कार्यालय र बिर्तामोड १० नम्बर वडा कार्यालयलाई ५०/५० हजार रुपैयाँ सहयोग दिइएको उनले बताए।

जसअनुसार नेता सिटौलाका छोरा श्यामसहित नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय अध्यक्ष गणेश पोखरेलसहित जनप्रतिनिधि र कार्यकर्ताको टोलीले भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई एक लाख रुपैयाँ रकम हस्तान्तरण गरेका छन्।

त्यस्तै वडा नम्बर १० का अध्यक्ष टेकबहादुर खड्कालाई पनि रकम हस्तान्तरण गरिएको छ। अन्य स्थानीय तहमा पनि क्रमैसँग रकम हस्तान्तरण गरिने श्यामबाबुले जानकारी दिए।

आइतबार मनिषा र श्यामबाबुको बिहे भएको थियो। विवाहमा बेहुलाका बुवासहित पाँचजना जन्ती भद्रपुरबाट विर्तामोड पुगेका थिए । जन्तीलाई प्रवेश गर्नु अघि गेटमै साबुन पानीले हात धुन लगाइएको थियो। बेहुलापट्टिका सबैले मास्क लगाएका थिए भने घरपट्टिकाले पनि सबैले मास्क लगाएका थिए।

परम्परा अनुसार बेहुलीका बुवा/आमाले कन्यादान दिए। तर उपस्थित सबैले सामाजिक दुरी कायम गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved