झापा । राप्रपाका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले १३१ औ अन्तर्राष्ट्रीय श्रमिक दिवसको अवसरमा देश तथा विदेशमा वस्नुहुने सम्पूर्ण मजदुरहरुलाई शुभकामना दिएका छन् ।
सामाजीक संजाल फेसबुक मार्फत सांसद लिङदेनले श्रमिक दिवसको शुभकामना दिएका हुन् । कोविट १९ का कारण सम्भवत ईतिहासमै सबैभन्दा धेरै श्रमिकको काम एकसाथ खोसिएको प्रति चिन्ता व्यक्तगर्दे यतिवेला सबैभन्दा उपेक्षा र पीडामा पनि श्रमिक नै रहेको लिङदेनको भनाइ छ ।
उनले देश बनाउने,रेमिट्यान्स पठाउने र गरिखानेहरू बाटो, नाका या विदेश जहाँ भएपनि सरकारले सबैभन्दा पहिले श्रमिकहरुकालागि ध्यान दिनुपर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved