श्रीलंकामा पेट्रोलियम पदार्थ अभावः नागरिकको दैनिक कष्टकर बन्दै

  • असार १२, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । समयमा नै पेट्रोलियम पदार्थ खरिद गर्न आर्थिक अभावका कारण कठिनाइ भएपछि श्रीलंकामा पेट्रोल तथा डिजेलको पुनः चरम अभाव भएको छ ।

छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि पुनः अभाव भएको इन्धन संकटका लागि सवारी चालकसँग क्षमा याचना गर्दै ऊर्जामन्त्री कञ्चन विजेसेकेराले बताए।


उनका अनुसार यो हप्ता आइपुग्नुपर्ने इन्धन ‘बैङ्किङ’ कारणले आउन नसकेको र आगामी हप्ता पनि निर्धारित मात्रा आइपुग्न कठिनाइ हुने देखिएको छ।

श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक आयातलाई समेत धान्न विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरिरहेको छ।

विजेसेकेराले भने, ‘राज्य संचालित सिलोन पेट्रोलियम निगमले यस द्वीपमा ताजा तेल आपूर्ति कहिले हुनेछ किटान गर्न सम्भव देखिएको छैन। यसका लागि देशमा देखिएको चरम आर्थिक संकट जिम्मेवार छ। कच्चा तेलको अभावमा सिपिसीले आफ्नो एकमात्र रिफाइनरी पनि केही समय बन्द गरेको थियो।’

दुई महिने क्रेडिट शर्तमा दुबईस्थित कोरल एनर्जीमार्फत् किनेको ९० हजार टन रूसी कच्चा तेल प्रयोग गरेर रिफाइनरीले यस महिनाको सुरुदेखि उत्पादन सञ्चालन सुरु गरेको भएपनि कच्चा इन्धनको प्रशस्त आपूर्तिको अभावमा अभाव देखिएको हो।

यस हप्ताको सुरु र अर्को हप्तासम्ममा आउने पेट्रोल, डिजेल र इन्धनको कच्चा पदार्थको ढुवानी बैंकिंग तथा व्यवस्थापकीय कारणहरूले गर्दा समयमै आइपुग्ने अवस्था नदेखिएको मन्त्री विजेसेकेराले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नु भएको छ। रा ...

मैले कसैलाई धम्की दि ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदि ...

प्रचण्डलाई कांग्रेस ...

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved