स्वीडेन र फिनल्याण्डमा नेटो सेना तैनाथ भए उचित जवाफ दिने पुटिनको चेतावनी

  • असार १६, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीडेन र फिनल्याण्डमा नेटो सेना तैनाथ भए उचित जवाफ दिने चेतावनी दिनुभएको छ ।

नेटोको साम्राज्यवादी महत्वाकांक्षा तीब्र भएको भन्दै स्वीडेन र फिनल्याण्डमा नेटो सेना तैनाथ भए उचित जवाफ दिने चेतावनी दिनुभएको हो ।

साथै उहाँले युक्रेन द्वन्द्व माफर्त आफ्नो साम्राज्यवादी महत्वाकांक्षालाई युरोपमा विस्तार गर्न खोजेको आरोप पनि लगाउनु भयो । अहिलेसम्म तटस्थ राष्ट्र दाबी गर्दै आएका स्वीडेन र फिनल्याण्डले पनि नेटो सदस्यता लिने तयारी थालेपछि रुसी राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो ।

रुसको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा पुटिनले युक्रेनसँग जस्तो रुसको स्वीडेन र फिनल्याण्डसँग समस्या नरहेको भन्दै उनीहरू नेटोमा सामेल हुनसक्ने बताउनुभयो । स्वीडेन र फिनल्याण्डको नेटो सदस्यताको तयारीबारे पूर्व सोभियत राज्यहरू तथा मध्य एशियाली देशका नेताहरूसँगको छलफलपछि पुटिनले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

स्वीडेन र फिनल्याण्डसँग रुसको सम्बन्धबारे टिप्पणी गर्दै पुटिनले अहिलेसम्म सबैकुरा ठीकै रहेको तर अब रुसको सुरक्षा चुनौति बढ्ने भएकाले तनाव उत्पन्न हुनसक्ने बताउनुभयो ।

पछिल्लो समय रुसी सेनाले युक्रेनमा निकै योजनावद्ध कारबाही गरिरहेको भन्दै उहाँले गैरसैनिक नागरिकहरू हताहत हुने गरी आफ्ना सेनाले आक्रमण नगरेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नु भएको छ। रा ...

मैले कसैलाई धम्की दि ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदि ...

प्रचण्डलाई कांग्रेस ...

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved