इन्धन सकियोः एक दिनका लागि मात्रै पुग्छः उर्जामन्त्री

  • असार २०, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । श्रीलंकाका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताउनु भएको छ ।

मन्त्री विजेसेकेराले श्रीलंकामा पेट्रोल भण्डार झन्डै चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । धेरैजसो पेट्रोल पम्पमा तेल छैन ।

तेलको खोजीमा राजधानीका धेरै ठाउँमा नागरिकको लामो लाइन लाग्ने गरेको छ । मन्त्री विजेसेकेराले पेट्रोल तथा डिजल जुलाई २२ र २३ तारिखअघि आइपुग्ने सम्भावना कम रहेको पनि बताउनु भएको छ । तेलका लागि नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको तर जुलाई २२ तारिखअघि कुनै पनि नयाँ आपूर्तिले तेल पठाउने आश्वासन नदिएका उहाँको भनाइ छ ।

गएको हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । आज बैंक तथा कार्यालय पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित श्रीलङ्काका धेरैजसो पेट्रोल पम्प हिजोदेखि बन्द भएका छन् ।

विदेशी मुद्राको अभावले खराब आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काले अति आवश्यक समग्रीको आयातलाई समेत धान्न नसकेपछि त्यहाँका २ करोड २० लाख नागरिकको जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नु भएको छ। रा ...

मैले कसैलाई धम्की दि ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदि ...

प्रचण्डलाई कांग्रेस ...

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved