बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन

  • भदौ ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ । हिजो काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाडौंबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।

बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौंबाट पनि गाडी पुगिरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ । ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् ।

महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । सहमति अनुसार ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने छ भने पक्राउ परेका एक जनाको पनि रिहाइ हुुनुपर्नेछ ।

यस्तै, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन पाउने छैनन् भने बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि पनि छर्किनुपर्नेछ र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जानु पर्नेछ । बञ्चरेडाँडामा फोहरका गाडी नियमित जान थाले पनि काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहर उठाउन समय लाग्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गर्नु भएको छ। रा ...

मैले कसैलाई धम्की दि ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदि ...

प्रचण्डलाई कांग्रेस ...

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउन नखोज्न प्रधानमन्त्री पु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved