प्रधानमन्त्रीको डायलासिस भयो, अवस्था सामनय छ, चाडै फर्किनुहुन्छ ः प्रचण्ड

  • कार्तिक १४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं ः
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको सचिवालय र ग्रान्डी अस्पतालले अपूरो सूचना दिइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली आज बालुवाटार फर्किने सम्भावना रहेको बताएका छन्।

मलिन अनुहार लिएर प्रधानमन्त्री ओलीको अवस्था बुझ्न ग्रान्डी अस्पताल पुगेका प्रचण्डको मुहार अस्पतालबाट बाहिरिँदा भने केही फेरिएको थियो। दुई बजे ग्रान्डी पुगेका प्रचण्ड तीन बजे त्यहाँबाट बाहिरिएको ग्रान्डीमा रहेका हाम्रा सहकर्मी कुञ्जरमणि भट्टराईले जनाएका छन्।

प्रधानमन्त्रीलाई हिजो र आज गरी लगातार दुई पटक डायलाइसिस गरिएको छ। प्रधानमन्त्रीको सचिवालय, प्रेस सल्लाहकार र ग्रान्डी अस्पताल प्रशासनले अपूरो सूचना दिइरहेकाले जनमानसमा ओलीको स्वास्थ्यलाई लिएर चिन्ता प्रकट भइरहेको छ। त्यही अवस्थामा अस्पताल पुगेका प्रचण्डले भने,उहाँको डायलाइससिस सकियो। मिलेदेखि आजै बालुवाटार जानुहुन्छ।


यता, एक घन्टा अस्पतालभित्र रहेका प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग कतिबेर भेट गरे यकिन छैन। तर, प्रचण्डको मुहार भने जाँदा र फर्किँदा फरक देखिएको थियो। अस्पतालबाट बाहिरिँदै गर्दा प्रचण्डले ओलीलाई उदृत गर्दै भने, ुसमस्या अलि छिटोछिटो देखियो। डायलाइसिस भयो। आज फर्केन कुरा छ।ु

अझैसम्म पनि प्रधानमन्त्रीको सचिवालय तथा अस्पतालले उनको डायलाइसिस भएको सार्वजनिक गरेको छैन। प्रचण्डभन्दा अगाडि पुगेका नेकपाका नेता भीम रावलले भने ओलीलाई भेट्न पाएका थिएनन्। डायलाइसिसकै क्रममा रावल पुगेकाले फर्किन परेको थियो।

प्रचण्डसँगै अस्पताल भित्रिएका नेकपाका महासचिव विष्णु पौडेल भने बाहिरिसकेका छैनन्। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रचण्डले भने, ुउहाँको स्वास्थ्य अवस्था सामान्य छ।ु

प्रचण्डसँगको भेटमा ओलीले छिटै संक्रमण भएको विषयमा छोटो कुराकानी गरेका थिए। प्रचण्डले स्थिति हेरेर ओलीको पुनस् डायलाइसिस हुनसक्ने चिकित्सको भनाइ रहेकोसमेत सुनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved