लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

  • वैशाख २५, २०७७
  • कालापानी मिडिया
alt

नयाँदिल्ली । केहि दिन पहिलेको घटना हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक अचम्मको खवर सार्वजनिक भएको छ । जुन टाइम्स अफ इण्डियाले सार्वसनिक गरेको हो । टाइमस अफ इण्डियाकाअनुसार पतिको कुटाइबाट पत्नी अस्पताल भर्ना भएकी छन् ।
२४ वर्षीया पत्नीलाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मम्तापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ।

वडोदरा निवासी एउटी महिलाले लकडाउनको बेला लुडो खेल्दा पतिलाई हराएकी थिइन ।
पहिलो राउन्डमा खेल हारेको ति पुरुषले लगातार खेलमा हारेपछि आफ्नी श्रीमतीसँग झगडा गरे । उनले झगाडा मात्रै गरेरन पत्नीलाई यति निर्मम्तापूर्वक कुटे की पत्नीको ढाडको हड्डी बीच अन्तर देखा पर्‍यो ।

महिलालाई एउटा अर्थोपेडिक सर्जन र पोस्ट उपचारका लागि लगियो, त्यसपछि उनले आफ्नो पतिसँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी छिन्।

पछि उनले आफ्नी पत्नीसँग माफी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचारमा उल्लेख छ ।

ति महिला आम्दानीको लागि बच्चाहरुलाई ट्युसन पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्दे आएका थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved