काठमाडौं । अधिवक्ता गणेश विष्ट र समाजसेवी धनसिंह विष्टले मजदुर र कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् । आर्टअप लिभिङको सहयोग र हाम्रो कालापानी डटकम अनलाइनको सहकार्यमा अधिवक्ता बिष्ट र समाजसेवी धनसिंह विष्टले ४० जना अफ्ठ्यारोमा परेका मजदुर तथा विद्यार्थीहरुलाई राहत वितरण गरेका हुन् ।
उनिहरुले कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको बन्दाबन्दीका कारण आफ्नो जन्मथलो फर्कन नसकेका बैतडी जिल्ला, पाटन नगपालिका निवासी हाल काठमान्डौमा अध्ययनरवत कृतिपुरमा कृतिपुरमा डेरा लिएर बस्ने विद्यार्थी, प्राइम टाइम्स टेलिभिजनका सात जना कर्मचारी, सडकमा मकै पोलेर जिवोकोपार्जन गर्ने तर यतिवेला त्यसबाट पनि बञ्चित भएर दैनिकी चलाउन द्यौ द्यौ परेका ३ जना तथा अन्य मजदुर गरी ४० जनालाई चामल, दाल, चाउचाउ, तेल, नुन, र सावुन लगायत वितरण गरेका हुन् ।
उनले राहत वितरण गर्न जाँदा अफ्ठ्यारो नहोस भन्दै कालापानी डटकम अनलाइनका संचारकर्मीकै रोहोवरमा शनिवार मजदुरहरुका घर घरमा राहत पु¥याएका हुन् । उसोत, अधिवक्ता विष्टले आफनो २५ औं बैबाहिक वर्षगाँठको अवसर पारेर विद्यार्थीहरुलाई लक्षित गरी राहत वितरण गरेको बताए ।
उनले भने, आफुले मात्र रमाइलो गरेर के गर्ने, कतिले खान लाउन पाएका छैनन् । कतिको चुलो जलेको छैन । सरकारले राहत वितरण गरे भन्छ, तर वास्तवीक पिडितहरु सम्म राहत पुगिरहेको छैन । आफुले सक्ने जतिलाई राहत दिन पाउँदा साह्ै खुसि लागिरहेको छ ।,
उनि संगै समाजसेवी धनसिंह विष्ट आफैमा एक विद्यार्थी हुन तर पनि आफ्नो गाउँ ठाउँका नागरिक जो अफ्ठ्यारोमा परेका छन् तिनकालागि राहत जुटाउन लागि परेका छन् । उनले वितरण गरेको राहत पाएर मजदुर तथा विद्यार्थीहरु पनि हर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved