भारतबाट लुकिछिपि नेपाल प्रवेश गर्ने संख्या वढेपछि सुनवल नगरपालीका क्वारेन्टाइनको क्षमता थप्ने सोचमा

  • वैशाख २८, २०७७
  • कालापानी मिडिया
alt

रमेश भुषाल, सुनवल । पश्चिम नवलपरासी दिन प्रतिदिन भारतबाट लुकिछिपि भित्रने क्रम वढेपछि सुनवल नगरपालिले क्वरेन्टाइनको क्षमता थप गर्नेमा सोच वनाएको छ । अहिले नगरपालिकाले वनाएको क्वरेन्टाइन महाकवि देवकोटामा करिव २ सय क्षमता रहेको छ । अहिले क्वारेन्टाइमा २२ जाना रहेका छन् ।

दिनहुँ क्वारेन्टाइनमा वस्नेको संख्या थपिदै गएपछि १३ वटै वडामा सामुदायिक भवन र विद्यालयमा क्वरेन्टाइन निर्माण गरि करिव ५ हजारको हारहारिमा वस्ने क्षमताको क्वारेन्टाइनको परिकल्पना गरेको र यसको व्यवस्थापनका लागी सवै समाज संघ सस्था लाग्नु पर्ने नगर प्रमुख भिम बहादुर थापाको भनाई छ ।dss

सुनवल नगरपालिकाले निमार्ण गरेको महाकवि देवकोटा क्याम्पसको क्वारेन्टाइनमा कैलाशेश्वर शिवालय मन्दीर व्यवस्थापन समितले खाना पकाउने व्यस्था गरेको छ । स्थानिय स्तमै उत्पादीत तरकारीहरु स्थानियहरुले उपलब्ध गराएको र विभिन्न संघ संस्था तथा व्यक्तिहरुले पनि क्वरेन्टाइनमा वस्नेहरुको लागी नगद सहयोग गरेको सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष विर वहादुर गुरुङले बताए ।

क्वारेन्टाइनमा वस्नेहरुलाई विहानमा चिया , खाना दिउसो नास्ता र बेलुका खाना गरि खानाको प्रवन्ध मिलाइएको खाना पकाउनको लागी सहजीकरण गरिरहेको कैलाशेश्वर शिवालय मन्दीरका अध्यक्ष गोपाल आर्चायको भनाई छ ।Capture 1

यता क्वारेन्टाइनमा सरसफाई, खाना वस्न , सुत्न लगाएत सवै सुविधाहरु रहेको र आफुहरुलाई कुनै पनि असुविधा नभएको क्वरेन्टाइनमा वस्नेहरुले बताएका छन् । सुनवल नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सुरुवाती दिन देखिनै प्रभावकारी रुपमा कामहरुलाई अगाडि वढाएको छ ।

क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टायनमा वस्नेहरुलाई नगरपालिका र नगरभित्र रहेका विभिन्न संघ सस्था र व्यक्तिहरुले देखाएको उदारता अनुकरणीय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved