सत्ता टिकाउनकैलागि सरकारले भारतसंग खुलेर विरोध गर्न सक्दैन-सांसद राजेन्द्र लिङ्देन

  • बैशाख २८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता तथा सांसद राजेन्द्र लिङ्देनले भारतीय मिचाहा प्रवृत्तिविरुद्ध सरकार गम्भिर हुनुपर्ने वताएका छन् । आइतबार प्राईम टाइम्स टेलिभिजनको बिहानी कार्यक्रम प्राइम संवादमा सांसद लिङ्देनले नेपालीभूमि अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारले गम्भिर हुनुपर्ने बताएका हुन् ।

उनले लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमिमा बनाएको सडकलाई लिएर नेकपाका अध्यक्ष, पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री ओलीले निकालेको संयुक्त विज्ञप्ती पार्टीगत भएको भन्दै सरकारको तर्फबाट स्वयं प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मेदी र चिनिया राष्ट्पति फिङ्संग त्रिपक्षिय वर्ता गर्नुपर्ने बताएका छन् । त्रिपक्षिय बार्तावाट पनि कुरा नसल्टिए राष्ट्रसंघमा आवाज उठाउनुपर्ने उनको भनाइ भनाइ छ ।

उनले भने "सरकार यस विषयमा गम्भिर भएर लाग्नुपर्ने हुन्छ । एउटा वक्तव्य निकालेर चुप लागेर बस्ने प्रवृत्तिकै कारण बेला बेल हरेक ठाउँमा सिमा बिबाद हुने, नेपाली भूभाग मिचिने भइरहेको छ । त्यो पनि सडकनै निर्माण त्यो पनि हामै्र भूमिमा यो एक दिन बन्ने काम होइन । सडक बन्दा सम्म चुपलागेर बस्ने नजानेको जस्तो गर्ने जव जनस्तमा कुरा उठ्यो अनि तात्ने काम बिल्कुल गलत हो । यो अबभने नेपाली जनतालाई सह्य हुने छैन । यसबारे सरकार गम्भिर हुनै पर्छ । राजनितिक दलहरु एक हुनै पर्छ । र राष्ट्रसंघमा आवाज उठाउनुपर्छ । अब सहेर बस्नु हुदैन ।",

उनले भने "अहिले सम्मका जो सुकै सरकारले पनि आफ्नो सत्ता टिकाइराख्नकै लागि कालापानी लिपुलेक जस्ता भूमि मिचिदा खुलेर बिरोध गर्न सक्ने क्षमता राखेको देखिएन । भारत स्वयंले स्विकारेको कालापानी लिपुलेक विवादित भूमि हो भनेर तर पनि नेपाल सरकारले यस विषयलाई गम्भिर भएर लिएको देखिएन । त्यसैले त भारतले पटक पटक हेपाहा प्रवृति देखाएको हो ।,"
हाम्रो देश सानो भएपनि सार्वभौमिकताका हिसावले कुनै पनि देश सानो नहुने भन्दै सांसद लिङ्देनले यसविषयमा सरकारले यथासिघ्र पहल गर्नुपर्ने बताएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved